Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

९० वर्षीय वृद्धले गरेको श्रीमती हत्या प्रकरणमा दिए यस्तो बयान

९० वर्षीय वृद्धले गरेको श्रीमती हत्या प्रकरणमा दिए यस्तो बयान


  • 2.4K
    Shares

    • images
    ९० वर्षीय वृद्धले गरेको श्रीमती हत्या प्रकरणमा दिए यस्तो बयान

    काठमाडौं ।  नवलपुरको देवचुली नगरपालिका३ आम्बासमा ९० वर्षीय बयोवृद्धले ७६ वर्षीया वृद्धा श्रीमतीलाई रडले हानेर हत्या गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालका अनुसार दिलबहादुर थापाले गएराति पत्नी जमुना थापाको टाउकोमा रड प्रहार गरी हत्या गरेका हुन् । जमुना दिलबहादुरकी कान्छी पत्नी हुन् ।

    दिलबहादुरले श्रीमती विभिन्न रोगले थला परेको र आफ्नो मृत्युपछि दुःख नपाओस् भनेर हत्या गरेको प्रहरीलाई बयान दिएका थिए ।

    ‘घरमा बुढाबुढी मात्रै रहेछन् । आँखा पनि राम्रोसँग नदेख्ने दिलबहादुरले केही समयदेखि पत्नी बिरामी भएको र आफू मरेपछि बुढीले दुःख नपाउन् भनेर हत्या गरेको बताएका छन्,’ डीएसपी नेपालले भने ।

    छोरा चित्रबहादुर थापाले घटनाबारेमा प्रहरीलाई जानकारी गराएका थिए ।

    अभियुक्त वृद्ध तथा अशक्त भएकाले कारबाहीबारे केहीको चासो छ । वरिष्ठ अधिवक्ता शालिकराम बनजाडेले ज्यान मारेको कसुरमा कसैलाई कारबाही नहुने भन्ने नभएको, तर वृद्धवृद्धाको हकमा ६० प्रतिशत छुट हुनसक्छ ।

    ‘कानूनी कारबाही त फैसलाअनुसार अघि बढ्ने हो । उनी वृद्धरबिरामी भएपनि त्यसपछिको अवस्था कसरी राख्ने भन्ने कारागार प्रशासनको हो’, उनले भने ।

    प्रकाशित मिति :जेठ ३० २०८२ शुक्रवार - १५:५३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij