२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखानम्बर ९प्यान० अध्यावधिक गर्न आग्रह गरेको छ।
ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले बैंकले वेबसाइट panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘प्यान अपडेट’विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ।
ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij