२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुधार सुझाव उपसमिति गठन गरेको छ । बैंकिङ क्षेत्रका विद्यमान समस्या समाधानमा सघाउनको लागि समिति गठन गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकिङ क्षेत्रको समग्र सुधार सुदृढीकरणका लागि सुझाव दिन ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’ गठन गरेको छ।
रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित उपसमितिमा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल र राष्ट्र बैंक नियमन विभाग प्रमुख गुरुप्रसाद पौडेल सदस्य रहेका छन् ।
गत साता बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।
‘बैंकिङ क्षेत्र सुधार तथा विकास सुझाव उपसमिति’ नाम दिइएको उपसमितिलाई सुझावसहितको प्रतिवेदन दिने पेस गर्न समयावधि दिइएको छ ।
उपसमितिले समग्र बैकिङ क्षेत्रको समस्या समाधानका लागि सुझाव दिने बैंकले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij