२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । हिमालयन बैंकले एफपीओ जारी गर्न प्रक्रिया अगाडि बढाएको छ। बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै एफपीओ निष्कासनको लागी अनुमतिको माग गरेको छ । बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।
धितोपत्र बोर्डले अनुमति दिएमा बैंकले १ अर्ब ५६ करोड ३३ लाख २९ हजार २६१ रुपैयाँ बराबरको एफपीओ जारी गर्ने भएको छ। बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ६९ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १६९ रुपैयाँमा एफपीओ बिक्री खुला गर्ने छ।
बैंकले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij