Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल राष्ट्र बैंकले आज पनि ४० अर्ब तान्दै

नेपाल राष्ट्र बैंकले आज पनि ४० अर्ब तान्दै


  • 1.1K
    Shares

    नेपाल राष्ट्र बैंकले आज पनि  ४० अर्ब तान्दै

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज पनि थप ४० अर्ब रुपैयाँ तान्ने भएको छ । 

    बजारमा अधिक तरलता वृद्धि भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज उक्त रकम तान्ने भएको हो ।

    २१ दिनको लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको बैंकले जानकारी दिएको छ । बोल गर्न घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकम रहेको छ ।

    निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागीता जनाउन पाउने छन् ।

     

     

    प्रकाशित मिति :जेठ २८ २०८२ बुधवार - ०९:५०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij