Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बैंकिङ प्रणालीबाट ४२ दिनका लागि २५ अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ४२ दिनका लागि २५ अर्ब तान्दै राष्ट्र बैंक


  • 1.5K
    Shares

    बैंकिङ प्रणालीबाट ४२ दिनका लागि २५ अर्ब तान्दै राष्ट्र बैंक

    काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज थप २५ अर्ब रुपैयाँ तान्ने भएको छ। 

    केन्द्रीय बैंकले फेरि बैंकिङ प्रणालीबाट उक्त रकम तान्ने भएको हो। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा लिन लागेको छ। 

    यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने छन्।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नु पर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जानकारी दिएको  छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।

    यो ४२ दिने निक्षेप संकलन उपकरणको साउन ४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

    प्रकाशित मिति :जेठ २५ २०८२ आइतवार - १०:३९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij