Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कामना सेवा विकास बैंकद्वारा श्री सरस्वती प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा श्री सरस्वती प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण


  • 1.9K
    Shares

    कामना सेवा विकास बैंकद्वारा श्री सरस्वती प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री सरस्वती प्राथमिक विद्यालय मेचीनगर, झापाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण गरेको छ ।

    कार्यक्रममा बैंकको इट्टाभट्टा शाखा प्रबन्धक श्री निर्जर पौडेलले विद्यालयका प्रधानाध्यापक फूलमाया बुढाथोकीको उपस्थितिमा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत ४० जना विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरिएको । सो सामग्रीमा विद्यालय झोला, कापी, कलम, पेन्सिललगायत आवश्यक शैक्षिक सामग्रीहरू समावेश गरिएको थियो ।

    उक्त कार्यक्रममा बोल्दै प्रधानाध्यापक बुढाथोकीले मेचीनगर क्षेत्रका सामाजिक-आर्थिक रूपले पिछडिएको विद्यार्थीहरूको शैक्षिक पहुँचमा बैंकको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले बैंकद्वारा गरिएको सहयोगले विद्यार्थीहरूको अध्ययनमा थप प्रेरणा मिल्ने पनि बताए ।

    उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, श्री सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुकोउल्लेखनीय उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।

     

     

    प्रकाशित मिति :जेठ २२ २०८२ बिहिवार - ११:४१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij