Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बैँकिङ प्रणालीबाट एकैदिन ७० अर्ब तान्दै नेपाल राष्ट्र बैँक

बैँकिङ प्रणालीबाट एकैदिन ७० अर्ब तान्दै नेपाल राष्ट्र बैँक


  • 1.1K
    Shares

    बैँकिङ प्रणालीबाट एकैदिन ७० अर्ब तान्दै  नेपाल  राष्ट्र बैँक

    काठमाडौं । नेपाल राष्ट्र बैँकले बुधबार एकै दिन बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ उठाउने भएको छ। 

    बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैँकले बैँकिङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको छ भने यसअघि एकै दिन ८० अर्ब रुपैयाँ  तानेको थियो । 

    राष्ट्र बैँकले २१ दिनका लागि बोलकबोल आह्वान गरेको छ । आज सोमबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ भने बैँक तथा वित्तीय संस्थाहरूले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । 

    राष्ट्र बैँकका अनुसार सावाँ तथा ब्याज भुक्तानी आगामी असार ८ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुने भएको छ । 

    बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिनेछ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा राष्ट्र बैँकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैँक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

     

    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - १०:२३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij