२०८२ माघ ७ गते बुधवार
काठमाडौं । माउन्टेन इनर्जी नेपालले निष्काशन गरेको प्राथमिक शेयर बुधबार बाँडफाँड गरेको छ ।
कम्पनीले निष्काशन गरेको प्राथमिक शेयर जम्मा एक लाख ८३ हजार २६ जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् । जम्मा ६ लाख ५१ हजार योग्य आवेदकमध्ये ४ लाख ७० हजार जनाको हात खाली भएको छ ।
बुधबार भएको बाँडफाँडमा म्युचुअल फण्डले ९८ हजार ४०१ कित्ता प्राप्त गरेका छन्। त्यस्तै कम्पनीका १८ जना कर्मचारीले ३९ हजार ३६१ कित्ता शेयर प्राप्त गरेका छन्।
कम्पनीले दुई वटा आयोजना निर्माण गरेको छ। मिष्ट्री खोला जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत जम्मा १३ करोड ४३ लाख रुपैयाँ रहेको छ भने तादी खोला जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ४९ लाख रुपैयाँ रहेको छ । कम्पनीले आगामी दुई आर्थिक वर्षपछि प्रतिशेयर आम्दानी ३६ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।
कम्पनीले निष्काशन गरेको यस प्राथमिक शेयरमा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको थियो। प्राथमिक शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ। शेयर संरचना भने सर्वसाधारणतर्फ २० प्रतिशत र संस्थापक शेयरधनी समूहतर्फ ८० प्रतिशत कायम हुनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij