२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । इजरायली आक्रमणको सामना गरिरहेको गाजाको उत्तरी भागको मुख्य शहरमा अराजकता र लुटपाट मच्चिएको छ।
विगत केही हप्तादेखि आवश्यक सहयोग पुग्न नसकेको यस क्षेत्रमा बस्ने प्यालेस्टिनीहरू खानाको खोजीमा भौतारिरहेका छन्।
हमासद्वारा सञ्चालित गृह मन्त्रालयले बिहीबार इजरायली हवाई आक्रमणमा गाजा शहरको बजारमा तैनाथ आफ्ना सात प्रहरी अधिकारीहरूको मृत्यु भएको बताएको छ।
इजरायली सेनाले घटनाको बारेमा कुनै टिप्पणी गरेको छैन तर विगत केही दिनमा गाजामा ‘दर्जनौं आतंकवादी लक्ष्यहरू’मा प्रहार गरेको बताएको छ।
स्थानीय डाक्टर र उद्धारकर्मीहरूले बिहीबार केन्द्रीय बुरेज शरणार्थी शिविरका २३ जनासहित यस क्षेत्रमा ४४ जनाको मृत्यु भएको बताएका छन्।
यसअघि, संयुक्त राष्ट्रसंघले मध्य शहर देइर अल(बलाहमा रहेको आफ्नो गोदाममा ‘भोका मानिसहरूको भीड’ले आक्रमण गर्दा कम्तीमा दुई जनाको गोली हानी मृत्यु भएको बताएको थियो।
इजरायलको नाकाबन्दीको बीचमा गाजामा ११ हप्तापछि राहत सामग्री पुगेको थियो। गोली कसले चलायो भन्ने अझै स्पष्ट भएको छैन। एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij