२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा निर्जीवन बीमकहरुले ३५ अर्ब ९ करोड रुपैयाँ बढीको व्यापार भएको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वैशाखसम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले २३ लाख ५८ हजार ५११ वटा बीमालेख जारी गरेर ३५ अर्ब ९ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
यस समय अवधिमा १० वटा बीमकको व्यापार बढेको छ भने ४ वटा बीमकको घटेको छ। यो अवधिसम्म शिखर इन्स्योरेन्सले सर्वाधिक व्यापार भित्र्याएको छ
। चालु आर्थिक वर्षको वैशाखसम्म शिखर इन्स्योरेन्सले ४ अर्ब ६८ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालु आर्थिक वर्षको वैशाखसम्म ४ अर्ब ४ करोड १५ लाख, सिद्धार्थ प्रिमियरले ३ अर्ब ४७ करोड ९८ लाख, हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३ अर्ब ८ करोड १८ लाख , आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब २ करोड ३७ लाख, नेको इन्स्योरेन्सले २ अर्ब ७० करोड २३ लाख, एनएलजी इन्स्योरेन्सले २ अर्ब ४२ करोड ४३ लाख, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब २५ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
युनाइटेड अजोडले २ अर्ब ९ करोड २६ लाख र नेपाल इन्स्योरेन्सले १ अर्ब ६८ करोड ८४ लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब ४३ करोड ४५ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १६ करोड ३७ लाख र नेसनल इन्स्योरेन्सले ९२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij