२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार पनि बैंकिङ प्रणालीबाट थप ३० अर्ब रुपैयाँ तान्ने भएको छ।
अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट उक्त रकम तान्ने भएको हो।
आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्ने छन् ।
केन्द्रीय बैंकले २१ दिनको लागि उक्त उपकरण प्रयोग गर्न लागेको छ भने साँवा र ब्याज भुक्तानी मिति चैत असार १ गते निर्धारण भएको छ । यसको ब्याजदर बोलकबोलबाटै निर्धारण हुने भएको छ ।
बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij