Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नारायणी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

नारायणी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु


  • 6.0K
    Shares

    नारायणी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

    वीरगञ्ज । वीरगञ्जमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

    वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका र बाराका गरि दुई जना संक्रमितको मंगलबार विहान मृत्यु भएको हो । 

    अस्पतालका कोभिड कोअर्डिनेटर डा सरोज रोशन दासका अनुसार बारको जीतपुर सिमरा उपमहानगरपालिका २ की ४० वर्षीया महिनाको अस्पतालमा मंगलबार विहान साढे १ बजे मृत्यु भएको हो ।

    उनी वैशाख ९ गते अस्पताल भर्ना भएकी थिइन् । सोही दिन गरिएको पीसीआर परीक्षणमा उनका कोरोना संक्रमण पुष्टि भएको थियो । 

    त्यस्तै वीरगञ्ज महानगरका–२५ की ६५ वर्षीया संक्रमित महिलाको आजै विहान ३ बजे मृत्यु भएको हो । निमोनियाले ग्रसित उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । 

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - ११:००:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij