Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

भाग्न हेलिकोप्टरको सुविधा दिन्छु भन्नेको कुचेष्ठालाई धुलोपिठो बनाउन अग्रभागमा एमाले रहन्छ : प्रधानमन्त्री

भाग्न हेलिकोप्टरको सुविधा दिन्छु भन्नेको कुचेष्ठालाई धुलोपिठो बनाउन अग्रभागमा एमाले रहन्छ : प्रधानमन्त्री


  • 3.1K
    Shares

    भाग्न हेलिकोप्टरको सुविधा दिन्छु भन्नेको कुचेष्ठालाई धुलोपिठो बनाउन अग्रभागमा एमाले रहन्छ : प्रधानमन्त्री
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताएका छन्।

    राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न आग्रह गरे।

    केही दिनअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा फर्काउँने दाबी गर्दै प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टरको सुविधा दिन बताएका थिए।

    त्यसको जवाफ फर्काउँदै ओलीले भने, ‘प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने जस्ता उत्ताउलो कुरा पनि गरेका छन् । म भन्न चाहान्छु, कुनै पनि प्रतिगमनको कुचेष्ठालाई धुलो पिठो बनाइन्छ ।

    त्यस्ता प्रयास रोग्ने अग्रभागमा युवा संघ आउनुपर्छ । कुनै पनि समय हामी त्यस्ता प्रयासलाई नियन्त्रण गर्न अगाडि बढ्नुपर्ने हुन्छ । तयारी अवस्थामा रहन म सबैलाई आग्रह गर्छु ।’ एमालेमाथि आन्तरिक र बाह्य पक्षहरु तथा विरोधीहरुको केन्द्रीकृत र चौतर्फी आक्रमण गरेको बताए।

    उनले भने,’एमालेले गल्ती गरेको भए अहिले हामी जुन ठाउँमा छौैँ, त्यस ठाउँमा आउन दिने थिएनन् । हामी सही नीति, सुशासन र विकासका निम्ति काम गर्ने पार्टी हो । एमालेको पक्षमा बोल्दा झोले भनेर हहतोत्साहित गर्नेहरुको भ्रम र अन्योलमा नपरी आफ्ना कर्तव्य पूरा गर्न म आग्रह गर्दछु ।’

    एमालेका योगदानलाई बिर्साउने प्रयास गरिएको टिप्पणी गर्दै एमालेको नेतृत्वमाथि केन्द्रीकृत गरेर अनुचित झुठा लाञ्छना र आरोप लगाउने काम भइरहेकाले त्यस्ता भ्रम फिजाउन खोज्ने प्रयासहरुलाई तोड्न सबै देशभक्त र एमालेहरु एकजुट हुनुपर्नेमा जोड दिए।

    प्रकाशित मिति :जेठ ९ २०८२ शुक्रवार - १६:०८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij