Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

नेसपा गङ्गानारायण समूहले माओवादीसँग एकता गर्ने

नेसपा गङ्गानारायण समूहले माओवादीसँग एकता गर्ने


  • 2.2K
    Shares

    नेसपा गङ्गानारायण समूहले  माओवादीसँग एकता गर्ने
    images

    काठमाडौं ।  नेपाल समाजवादी पार्टी(नेसपा)को गङ्गानारायण श्रेष्ठ समूहले मात्र नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएको छ । पार्टी एकता गर्ने पूर्वसहमतिबाट अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि श्रेष्ठ समूह माओवादीमा समाहित हुन लागेको हो । 

    यसबारे निर्णय लिन सह–अध्यक्ष श्रेष्ठ समूहले जेठ ११ गते विस्तारित बैठक बोलाएका हुन् ।  केन्द्रीय समितिको बहुमतले पार्टी एकताको निर्णय गर्ने र सिंगो पार्टी माओवादी केन्द्रसँग एकतामा जाने उनले बताएका छन् ।

    श्रेष्ठका अनुसार दुई पार्टीबिच १२ गते एकता घोषणा गर्ने तय भएको छ । पूर्व–पश्चिम मध्यपहाडी मार्ग केन्द्रित अभियान अन्तर्गत जेठ १० गतेसम्मको कार्यक्रम सम्पन्न गरेर माओवादी टोली जेठ ११ गते काठमाडौँ आउँदै छन् । 

    २०८० साल चैत ३ गते महिन्द्र सहितको समूहले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेको थियो । तर प्रचण्डले कोष्टमा रहेको माओवादी हटाउन सहमत नभएकाले तत्काल एकता प्रक्रियामा सहमत हुन नसक्ने महासचिव रमेशप्रसाद यादवले बताएका छन् ।

    प्रकाशित मिति :जेठ ९ २०८२ शुक्रवार - १०:०४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij