Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल एसबिआई बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डको स्वीकृति

नेपाल एसबिआई बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डको स्वीकृति


  • 1.4K
    Shares

    नेपाल एसबिआई बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डको स्वीकृति

    काठमाडौं । नेपाल एसबीआई बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको हो । प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड  रहेको छ ।

    बैंकले १० वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर रहेको ‘७ प्रतिशत एसबीआई ऋणपत्र २०९०’ नामको ऋणपत्र निष्कासन गर्न लागेको छ भने नेपाल धितोपत्र बोर्डबाट बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले ३० लाख इकाई ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ ।

    बैंकको कुल इकाईमध्ये १ अर्ब २० करोड रुपैयाँको १२ लाख इकाई सर्वसाधारणलाई र बाँकी रहेको १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संस्थाहरुलाई बिक्री गर्ने भएको छ ।

     

    प्रकाशित मिति :जेठ ८ २०८२ बिहिवार - १३:४७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij