Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

आकाशमा उडेको इन्डिगो एयरलाइन्सको विमानमा भीषण असिना पानी, अघिल्लो भागमा क्षति

आकाशमा उडेको इन्डिगो एयरलाइन्सको विमानमा भीषण असिना पानी, अघिल्लो भागमा क्षति


  • 2.8K
    Shares

    आकाशमा उडेको  इन्डिगो एयरलाइन्सको विमानमा भीषण असिना  पानी, अघिल्लो भागमा क्षति
    images

    काठमाडौं । बुधबार नयाँ दिल्लीबाट श्रीनगर जाँदै गरेको इन्डिगो एयरलाइन्सको विमान भीषण असिना-पानीको चपेटामा परेको छ ।

    श्रीनगरको आकाशमा पुगेको अवस्थामा अचानक तीव्र गतिको हावाका साथ असिना–पानी परेको थियो । विमानमा यात्री र चालक दलका सदस्य गरी २२७ जना सवार थिए ।

    असिनाको चोटले विमानको अघिल्लो हिस्सामा क्षति भएको छ । विमानमा सवार यात्रीका अनुसार प्रतिकूल मौसमका कारण पटक–पटक झट्का महसुस गरिएको थियो ।

    विमानलाई श्रीनगर विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो । यात्री र चालक दलका सदस्य सकुशल रहेको अधिकारीहरूले जनाएका छन् ।

    इन्डिगो एयरलान्यसले फ्लाइट नम्बर ६ई २१४२ रहेको विमानले बाटोमै असिना-पानीको सामना गर्नुपरेको जनाएको छ । चालक दलका सदस्यले प्रोटोकल पालन गर्दै विमानलाई सकुशल अवतरण गराएको एयरलाइन्सले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ८ २०८२ बिहिवार - ११:५२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij