२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल एसबीआई बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको छ।
धितोपत्र बोर्डले आज दुईवटा बैंकलाई ऋणपत्र जारी गर्न अनुमति दिएको हो। अब नेपाल एसबीआई बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर’ र शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘शाइन रेसुंगा डिबेन्चर’ जारी गर्ने भएको छ ।
नेपाल एसबीआई बैंकले कुल ३ अर्ब रुपैयाँको ऋणपत्र ल्याउने छ भने जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरको कुल ३० लाख इकाइ बिक्री गर्ने भएको छ। जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिने छ र बाँकी १२ लाख इकाइ सर्वसाधारणको लागि निष्कासन गरिने भएको छ। बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ। एसबीआई बैंकको यस ऋणपत्र १० वर्षे अवधिको लागी हो भने यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउने छन्।
त्यसैगरी शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कुल १ अर्ब रुपैयाँको ऋणपत्र ल्याउने भएको छ भने जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ बिक्री गर्ने छ र ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिने छ भने बाँकी ४ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिने छ। शाइन रेसुंगा डेभलपमेन्ट बैंकको यस ऋणपत्र १० वर्षे अवधिको हो भने यसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउने छन्। बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij