Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल राष्ट्र बैंकले आज थप ५० अर्ब तान्दै

नेपाल राष्ट्र बैंकले आज थप ५० अर्ब तान्दै


  • 1.1K
    Shares

    नेपाल राष्ट्र बैंकले आज थप  ५० अर्ब  तान्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ ।  बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आज उक्त रकम तान्ने भएको छ ।

    आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ भने बैंक तथा वित्तीय संस्थाहरूले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । 

    राष्ट्र बैंकको अनुसार सावाँ तथा ब्याज भुक्तानी आगामी जेठ २८  गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुने भएको छ । 

    निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने बैंकले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :जेठ ७ २०८२ बुधवार - १०:२१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij