Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

कानुन नबनाई महिला कामदारलाई बाहिर नपठाउन सांसद खतिवडाको माग

कानुन नबनाई महिला कामदारलाई बाहिर नपठाउन सांसद खतिवडाको माग


  • 904
    Shares

    • images
    कानुन नबनाई महिला कामदारलाई बाहिर नपठाउन सांसद खतिवडाको माग

    काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कानुन नबनाई रोजगारीको लागि महिलालाई विदेशमा नपठाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

    सांसद खतिवडाले श्रम मन्त्रालयको केही सल्लाहकार भन्नेहरूले कानुनबिना महिलाहरूलाई घरेलु कामदारको रूपमा बाहिर पठाउनको लागि ठुलो रकम लिएको दाबी गर्दै कानुन नबनाई महिलाहरूलाई बाहिर नपठाउन सरकारसँग आग्रह गरेका छन् । 

    ‘भिजिट भिसाबाट अहिले धेरै महिलाहरू दुबई हुँदै कुवेत, साउदी अरेबिया पुगेका छन्, श्रम मन्त्रालयको केही सल्लाहकार भन्नेहरूले लुभुमा चार रोपनी जग्गा लिएर महिला कामदारलाई घरेलु कामदारको रूपमा बाहिर पठाउनको लागि ठुलो रकम लिइएको जानकारीमा आएको छ। 

     

    प्रकाशित मिति :जेठ ५ २०८२ सोमवार - १२:०७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij