Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर दिने घोषणा, कुन बिमाको कति ?

एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर दिने घोषणा, कुन बिमाको कति ?


  • 1.3K
    Shares

    एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर दिने घोषणा,  कुन बिमाको कति ?

    काठमाडौं ।  एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर दिने घोषणा गरेको छ। आर्थिक वर्ष २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखाको आधारमा नयाँ स्वीकृत बोनसदर  दिने घोषणा गरेको हो।

    कम्पनीेके अनुसार सावधिक तथा आजीवन बीमालेखको बीमालेखधारकले प्रतिहजार बीमांकमा ६१ देखि ७५ रुपैयाँसम्म बोनस प्राप्त गर्ने छन् । सावधिक प्रकृतिको बीमालेखमा ४५ देखि ६२ रुपैयाँ बोनसदर तय गरिएको छ। बालबालिकाको सावधिक जीवन बीमालेखको हकमा २ खाले बोनसदर घोषणा गरेको छ। 

    हाल, प्रचलनमा नरहेको बाल उच्च शिक्षा बीमालेखका लागि ४२ देखि ५० रुपैयाँ र बालबालिकासम्बन्धी अन्य पुराना र नयाँ बीमालेखको हकमा ४२ देखि ५२ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

    प्रकाशित मिति :जेठ ४ २०८२ आइतवार - १२:०३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij