२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँगको नयाँ समीकरणको कुनै सम्भावना नरहेको प्रष्टीकरण दिएको छन्।
आज बसेको संसदीय दलको बैठकपछि प्रवक्ता प्रकाशरण महतले देउवासँग प्रचण्डको फोन र जनार्दन शर्मासँगको भेट संयोगमात्रै भएको बताए। हिजो देउवासँग डडेलधुराबाट प्रचण्डले फोन संवाद गरेलगत्तै जनार्दन बुढानीलकण्ठ पुगेका थिए।
त्यसबारे प्रवक्ता महतले भने, ‘संयोग मात्रै हो, शेरबहादुरजीकै जिल्लामा गएको बेलामा गरौँ भन्ने लागेको मात्रै होला। पहिला ओलीजीले गर्नुभएको थियो मलाई पनि गरौँ भन्ने लागेको होला, जनार्दनसँग भेट्नुमा कुनै नाता जोडिएको छैन। संयोग मात्रै हो।’
यस्तै, प्रमुख सचेतक श्याम घिमिरेले पनि प्रमुख प्रतिपक्ष दलका नेताहरूसँगको कुराकानी हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। उनले माओवादीसँग गठबन्धन गरेर जाने कांग्रेसको कुनै योजना नभएको पनि प्रस्ट पारे।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij