Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

टिकटक लाइभ भइरहँदा ब्युटी इन्फ्लुएन्सरको गोली हानी हत्या

टिकटक लाइभ भइरहँदा ब्युटी इन्फ्लुएन्सरको गोली हानी हत्या


  • 5.0K
    Shares

    टिकटक लाइभ भइरहँदा ब्युटी इन्फ्लुएन्सरको गोली हानी हत्या
    images

    मेक्सिको सिटी । मेक्सिकोमा एक जना ब्युटी इन्फ्लुएन्सरको दिन दहाडै हत्या गरिएको छ । टिकटकमा लाइभ स्ट्रिमिङ गरिरहेका बेलामा उनको गोली हानेर हत्या भएको हो । 

    मध्य मेक्सिकोको जलिस्को राज्यको एक ब्युटी सैलुनमा टिकटक लाइभस्ट्रिम गर्ने क्रममा यो घटना भएको प्रहरीले जनाएको छ । अहिले मेक्सिकोमा अशान्ति छ ।

    यहाँ प्रतिद्वन्द्वी कार्टेल मेक्सिकोको धेरैजसो भागमा क्षेत्रीय नियन्त्रणको लागि रक्तपातपूर्ण युद्धहरू लडिरहेका छन् ।  २३ वर्षीया भलेरिया मार्केज मङ्गलवार आफ्नो लाइभस्ट्रिममा क्यामेरा पछाडि डेलिभरी म्यानसँग कुरा गरिरहेकी थिइन् । यति नै बेला उनको छातीमा र टाउकोमा गोली लागेको थियो । यसपछि उनी लडिन् र तुरुन्तै उनको मृत्यु भयो । 

    घटना हुँदा उनी राज्यको ग्वादलहारुको बाहिरी भागमा रहेको जैपोपन नगरपालिकाको एक ब्युटी सैलुन भित्र थिइन् । यसको केही घण्टापछि, मेक्सिकन पीआरआई पार्टीका पूर्व कांग्रेसी लुइस अर्मान्डो कोर्डाेभा डियाजलाई सोही क्षेत्रको एक क्याफेमा गोली हानी हत्या गरिएको थियो । 

    राज्य अधिकारीहरूले मार्केजको मृत्युलाई महिलाको हत्याको रूपमा अनुसन्धान गरिरहेको बताएका छन् । मेक्सिकोमा लिङ्गमा आधारित हिंसाका घटना निकै भेटिन्छन् । हरेक दिन पार्टनर वा परिवारका सदस्यबाट १० महिलाको हत्या हुने गरेको युएनको एक प्रतिवेदनले देखाएको छ । 

     

    प्रकाशित मिति :जेठ २ २०८२ शुक्रवार - १४:२९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij