Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

एमालेसँग एकताबारे प्रचण्डको टिप्पणी–‘इनफ इज इनफ’

एमालेसँग एकताबारे प्रचण्डको टिप्पणी–‘इनफ इज इनफ’


  • 722
    Shares

    एमालेसँग एकताबारे प्रचण्डको टिप्पणी–‘इनफ इज इनफ’
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचनअघि नेकपा एमालेसँग एकताको कुनै सम्भावना नभएको बताएका छन् ।

    प्रेस सेन्टर नेपाल डडेलधुराले शुक्रबार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्ड तत्काल एमालेसँगको एकता अस्वीकार गरेका हुन् । 

    ‘हामीले पहिल्यै वामपन्थी एकता होस भनेर चाहना राखेकै हो । प्रस्ताव गरेको पनि हो । भएको पनि हो । तर त्यो तोडियो । फेरि पनि एकपटक हुन्छ त भनेर बल गरेको हो’, उनले भने, ‘तर नराम्रोसँग धोका खाइयो ।

    पार्टीलाई मात्र होइन जनतालाई पनि धोका दिइयो । त्यसकारण ‘इनफ इज इनफ’ । अहिले तत्काल त्यो सम्भावना छैन । २०८४ को चुनावसम्म त्यस्तो सम्भावना छैन ।’ 

    प्रचण्डले अहिले आफ्नो ध्यान सरकारतिर नभएको जिकिर गरेका छन् । यद्यपि सरकार उल्टो बाटोमा हिँडिरहेको र सुशासन भत्काउने तिर गइराखेकाले त्यसको खिलाफमा खबरदारी जारी राख्ने  उनले बताए ।

    प्रकाशित मिति :जेठ २ २०८२ शुक्रवार - १२:१३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij