Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

ईसेवा मनि ट्रान्सफरले मनाउदै पाँचौँ वार्षिकोत्सव

ईसेवा मनि ट्रान्सफरले मनाउदै पाँचौँ वार्षिकोत्सव


  • 953
    Shares

    • images
    ईसेवा मनि ट्रान्सफरले मनाउदै पाँचौँ वार्षिकोत्सव

    काठमाडौं । ईसेवा मनि ट्रान्सफरले आफ्नो  ५ वर्षे यात्रा सफलतापूर्वक पुरा गरेको छ। 

    स्थापना कालदेखि नै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै आएको कम्पनीले विश्वभर रहेका २०० भन्दा बढी देशहरूबाट नेपालीहरूले नेपालमा सजिलै  पैसा पठाउने सक्ने सेवा उपलब्ध गराउँदै आएको छ। 

    ५ वर्षको अवधिमा ईसेवा मनि ट्रान्सफरले १०० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीहरूसँगको सहकार्य गर्दै एक बलियो तथा विश्वासिलो अन्तर्राष्ट्रिय नेटवर्क निर्माण गर्न सफल भएको हो। 

    पाँचौं वार्षिकोत्सवको अवसरमा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोईराला भन्छन् “केवल  पाँच वर्षको अवधिमै ईसेवा मनि ट्रान्सफरले सुलभ, छिटो, सुरक्षित  र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर उनीहरूको पहिलो रोजाइ बन्न सफल भएकोमा हामी अत्यन्त  खुशी र उत्साहित छौँ। 

    प्रविधिमा आधारित नवप्रवर्तन र ग्राहक केन्द्रित सेवाहरूको माध्यमबाट हामी संसारभर रहेका नेपालीहरूलाई अझ नजिक ल्याउँदै, वित्तीय समावेशीताको अनुभूति दिलाउने हाम्रो यात्रा अविच्छिन्न रूपमा अगाडि बढिरहेको बताएका छन् । 

    प्रकाशित मिति :जेठ २ २०८२ शुक्रवार - ०९:५२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij