Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंक लिमिटेडका नयाँ शाखा कार्यालयहरु सञ्चालनमा

स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंक लिमिटेडका नयाँ शाखा कार्यालयहरु सञ्चालनमा


  • 1.3K
    Shares

    स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंक लिमिटेडका नयाँ शाखा कार्यालयहरु सञ्चालनमा

    काठमाडौं । ग्रामिण भेग देखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ् सेवा प्रवाह गर्दै आईरहेको यस गरिमा विकास बैंक लिमिटेडल बैशाख ३१ गते बुधबारका दिन स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । 

    विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालीका अध्यक्ष श्री सूर्य बहादुर कुँवर र यस विकास बैंकका अध्यक्ष श्री दिलिप प्रताप खाँडज्यूले संयुक्त रुपमा गरे । त्यसैगरी, अर्जुनचौपारी शाखाको समुद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष श्री सपना गुरुङ र यस विकास बैंकका अध्यक्ष श्री दिलिप प्रताप खाँडज्यूले संयुक्त रुपमा गरेका छन्

    समुद्घाटन कार्यक्रमहरुमा गाउँपालिका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरुबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायिक फर्म÷कम्पनी तथा अन्य संघसंस्थाहरुलाई उत्कृष्ट सेवा प्रवाहमा विकास बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा विकास बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास विकास बैंकले लिएको छ । 

    हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मेसिन मार्फत करिब ९ लाख ग्राहकहरुलाई बैकिङ् सेवा प्रवाह गर्दै आईरहेको छ । 

    प्रकाशित मिति :जेठ १ २०८२ बिहिवार - १३:०८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij