Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

जेठ महिनाका लागी बैंकहरूको नयाँ ब्याजदर, कुन बैंकको कति ?

जेठ महिनाका लागी बैंकहरूको नयाँ ब्याजदर, कुन बैंकको कति ?


  • 1.5K
    Shares

    जेठ महिनाका लागी  बैंकहरूको नयाँ ब्याजदर,  कुन बैंकको कति  ?
    images

    काठमाडौं । वाणिज्य बैंकहरूले  जेठ महिनाको नयाँ ब्याजदर तोकेको छ । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदरको सूची सार्वजनिक गरेका छन् । सार्वजनिक सूचीअनुसार १४ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर जेठ महिनाका लागि पनि यथावत राखेका छन् ।

    बचत खातामा अधिकांश बैंकले तल्लो सीमा ३ प्रतिशतमै राखेका छन् भने तल्लो सीमा नै सबैभन्दा धेरै भने एनआईसी एसिया बैंकको ३.१० प्रतिशत छ र बचत खातामा सबैभन्दा धेरै ब्याजदरको माथिल्लो सीमा एनआईसी एसिया बैंककै ५.१० प्रतिशत रहेको छ । खातामा माथिल्लो सीमामध्ये सबैभन्दा कम नेपाल एसबीआई बैंकको ३.२० प्रतिशत रहेको छ । 

    बैंकहरूले तोकको ब्याजदर अनुसार बचत खातामा न्यूनतम ३.०० प्रतिशतदेखि ५.१० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ भने बैंक तथा वित्तीय संस्थाले विभिन्न प्रकारको बचत निक्षेपको ब्याजदर बढीमा २ प्रतिशत भन्दा धेरै अन्तरमा राख्न नपाउने व्यवस्था रहेको छ । 

    व्यक्तिगत मुद्दतीतर्फ माथिल्लो सीमा अनुसार सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ब्याजदर ६.६० प्रतिशत दिने  बैंक जानकारी दिएको छ । नेपाल बैंकको ५.४५ प्रतिशत रहेको छ । एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर लक्ष्मी सनराइज बैंकको सबैभन्दा कम ३.५० प्रतिशत र प्राइम कमर्सियल बैंकको सबैभन्दा धेरै ५.७५ प्रतिशत रहेको छ । 

    त्यसै गरी, व्यक्तिगत मुद्दती खातातर्फ ३.०० प्रतिशतदेखि ६.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । व्यक्तिगत मुद्दतीमा तल्लो तहको सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको ३.०० प्रतिशत रहेको छ भने तल्लो तहमै सबैभन्दा धेरै प्रभु बैंकको ब्याजदर ५.१० प्रतिशत रहेको छ । 

    त्यस्तै, संस्थागत मुद्दती खातातर्फ न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । धेरैवटा बैंकले तल्लो सीमामा न्यूनतम ३.०० प्रतिशत ब्याजदर दिँदै आएका छ भने तल्लो सीमामा सबैभन्दा धेरै ब्याज ३.२५ प्रतिशत रहेको छ ।, प्राइम, हिमालयन र  सिद्धार्थ बैंकले ब्याजदरको अफर गरेका छ । 

    एक वर्षे मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ३.५१ प्रतिशतसम्म ब्याज दिँदै आएका छन् भने एक वर्षे मुद्दतीमा एनआईसी एसिया बैंकले ५ प्रतिशत ब्याज दिने  भएको छ ।  त्यसैगरी संस्थागत मुद्दतीको माथिल्लो तहमा ब्याज प्राइम कमर्सियल बैंकले सबैभन्दा धेरै ५.७५ प्रतिशत ब्याज दिँदा  कृषि विकास बैंकको ३.२५ प्रतिशत रहेको छ । 

    जेठ महिनामा व्यक्तिगत मुद्दतीमा बैंकले तोकेको अधिकतम ब्याजदर

    बैंक ब्याजदर %, जेठ  ब्याजदर %, वैशाख
    नेपाल ५.४५ ५.१५
    एसबीआई ५.५ ५.५
    हिमालयन ५.५ ५.५
    इन्भेस्टमेन्ट मेगा ५.५ ६.५
    कृषि विकास ५.५१ ५.५१
    सिटिजन्स ५.६५ ५.६५
    लक्ष्मी सनराइज ५.७५ ५.७५
    नबिल ५.७५ ५.७५
    सिद्धार्थ ५.७५ ६
    कुमारी ५.९१ ५.९२
    ग्लोबल आईएमई ६ ६
    माछापुच्छ्रे ६ ६
    राष्ट्रिय वाणिज्य ६ ६
    प्रभु ६.१ ६.१
    प्राइम कमर्सियल ६.२५ ६.२५
    स्टान्डर्ड चार्टर्ड ६.२५ ६.२५
    सानिमा ६.३३ ५.९५
    एनएमबी ६.६ ६.६
    एनआईसी एसिया ६.६ ६.६
    एभरेस्ट ६.६४ ६.६१

     

     

     

     

     

     

     

    प्रकाशित मिति :बैशाख ३१ २०८२ बुधवार - ११:३६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij