Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

स्वावलम्बन लघुवित्तले कमायो १२ करोड नाफा

स्वावलम्बन लघुवित्तले कमायो १२ करोड नाफा


  • 953
    Shares

    स्वावलम्बन लघुवित्तले कमायो १२ करोड नाफा

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक  वित्तिय विवरण अनुसार कम्पनिको  नाफामा सामान्य सुधार आएको छ ।

    कम्पनीले १२ करोड २ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३४ प्रतिशत बढी  रहेको छ । कम्पनीको आम्दानीको प्रमुख स्रोत खुद व्याज आम्दानी २२.६१ प्रतिशतले बढेको छ । 

    गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ११ करोड ८६ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीले खराब कर्जा घटेको छ भने चैत मसान्तसम्ममा खराब कर्जा १०.८८ प्रतिशतबाट घटेर ९.८९ प्रतिशत पुगेको छ ।

    समिक्षा अवधिमा कम्पनीको  प्रतिसेयर आम्दानी ९.७४ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २१२.६८ रुपैयाँ रहेको छ ।

     

    प्रकाशित मिति :बैशाख ३० २०८२ मंगलवार - १३:०९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij