२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक भएको छ । उक्त वित्तिय विवरण अनुसार कम्पनिलाई २१ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा १६.७८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा बुटवल पावरले १८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीको सञ्चालन आम्दानी पनि बढेको छ भने सञ्चालन आम्दानी ५४ करोड ३७ लाखबाट बढेर ५५ करोड ८७ लाख रुपैयाँ पुगेको छ।
अन्य श्रोतवापतको आम्दानी ६ करोड ४४ लाखबाट बढेर ६ करोड ९१ लाख पुगेको छ। कम्पनीको वित्तीय खर्च ९३ लाख ३६ हजारबाट घटेर ६१ लाख ४० हजार रूपैयाँमा पुगेको छ । कम्पनीको ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । प्रतिशेयर आम्दानी ६.१७ रुपैयाँ र प्रतिशेयर खुद मूल्य २०७.६० रुपैयाँ रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij