२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले २० करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो भने अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा घटेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५३ पैसा रहेको छ ।
कम्पनीले समीक्षा अवधिसम्म ४७ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४६ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। गत वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन २ ।५८ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले १ अर्ब १६ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले पुनर्बीमा मार्फत ६९ करोड २ लाख रुपैयाँ खर्चिएको छ । यस अवधिसम्ममा अभिकर्ता कमिशन मार्फत २ करोड ८२ लाख रुपैयाँ खर्चिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij