२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौं महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ६१ अर्ब ३ करोड ९७.१ प्रतिशतले बढेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २२२ अर्ब २१ करोड ९४.६ प्रतिशतले बढेको थियो भने वार्षिक बिन्दुगत आधारमा २०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.३ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को सुरक्षणमा १४.६ प्रतिशत रहेको छ । घरजग्गा धितो सुरक्षणमा ६५.२ प्रतिशत रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ४.९ प्रतिशत, ट्रष्ट रिसिट _(आयात) कर्जा ६०.६ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ३७.८ प्रतिशत, नगद प्रवाह कर्जा ५.२ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.९ प्रतिशत, हायर पर्चेज कर्जा ४.१ प्रतिशत र अधिविकर्ष कर्जा १२.१ प्रतिशतले घटेको छ ।
आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा ११.४ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.६ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.२ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले बढेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij