Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नागरिक लगानी कोषको नाफामा वृद्धि, कति छ प्रतिसेयर आम्दानी ?

नागरिक लगानी कोषको नाफामा वृद्धि, कति छ प्रतिसेयर आम्दानी ?


  • 981
    Shares

    नागरिक लगानी कोषको नाफामा वृद्धि,  कति छ प्रतिसेयर आम्दानी ?
    images

    काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको विक्तिय विवरण सार्वजनिक गरेको छ ।  कोषले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षको तुलनामा नाफा १.८८ प्रतिशतले बढेको रहेको छ।

    नाफा बढेपनि कोषको प्रतिसेयर आम्दानी भने घटेको  छ। गत वर्षको सोही अवधिमा २२ रुपैयाँ १४ पैसा रहेको ईपीएस यो वर्ष ३ रुपैयाँ ६५ पैसा घटेर १८ रुपैयाँ ४९ पैसामा आएको छ। 

    कोषको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा पुगेको छ भने मूल्य-आम्दानी अनुपात १०५.१४ गुणा रहेको   छ। कोषको ब्याज आम्दानी ३२.०३ प्रतिशतले घटेको छ । कोषको चुक्ता पूँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ रहेको छ । 

    कोषको जगेडा कोषमा ३ खर्ब ७२ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ भने सेवा शुल्क तथा कमिशनबाट आम्दानी १५.०६ प्रतिशतले बढेको छ। 

    कुल आम्दानी ८.२३ प्रतिशतले वृद्धि हुँदा कुल खर्चमा भने ३९.३६ प्रतिशतको वृद्धि भएको छ।

    प्रकाशित मिति :बैशाख २८ २०८२ आइतवार - ११:३२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij