२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । शनिबार काठमाडौं दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्द प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरुले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री ओलीले दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका छन् ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरुले हामी आउँछौँ, साथ देउ भनिरहेको देख्दा अचम्म लागेको बताएका छन् । देश कंगाल बनाउने काम राजाहरु गरेको उनको आरोप छ ।
अहिले ३० वर्षमै देश कोल्टे फेर्ने गरी विकास भएको बताएका छन् । देशलाई उपचार गर्ने पुस्ता अहिलेको रहेको बताए । उनले अहिलेको पुस्ताले शुद्ध, पवित्र, स्वच्छ र सुखयुक्त देश बनाउनु पर्ने बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij