Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

गोरखामा पौडी खेल्ने क्रममा डुवेर २३ बर्षीय युवकको मृत्यु

गोरखामा पौडी खेल्ने क्रममा डुवेर २३ बर्षीय युवकको मृत्यु


  • 2.1K
    Shares

    गोरखामा पौडी खेल्ने क्रममा डुवेर २३ बर्षीय युवकको मृत्यु

    काठमाडौं । पौडी खेल्ने क्रममा डुवेर गोरखामा एक युवकको ज्यान गएको छ । बारपाक सुलिकोट गाउँपालिका–८ गैरीछापका २३ बर्षीय आयुष गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार गुरुङ शुक्रवार दिउँसो करिव साढेँ चार बजे गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीमा साथीहरुसँग पौडी खेल्न गएका थिए । सोही क्रममा डुवेर वेपत्ता भएपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य तिव्र बनाएको थियो ।

    साँझ करिव साढेँ सात बजे मृत अवस्थामा उनी फेला परेको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।

    ‘डुवेकै स्थान नजिकै उनको शव भेटियो,’ डिएसपी सुवेदीले भने, ‘घटनाबारे थप अनुसन्धान हुदै छ ।’

    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - १९:५९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij