२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागले दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रमको कार्यक्रम संयोजकको जिम्बेवारी डा.रमेश पौडेललाई दिएको छ ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेका डा.पौडल विश्वविद्यालयका सहप्रध्यापक हुन् । कार्यक्रम संयोजकका रुपमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.खड्ग केसीले बिहीबार कार्यक्रम संयोजकका रुपमा डा.पौलेललाई स्वागत गरेका थिए ।
बिहीबार नै विश्वविद्यालयले एमफिल-पिएचडीका लागि भर्ना भएका चौथो व्याचका विद्यार्थीहरूकालागि स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा उपकुलपति प्रा.डा केसीले विश्वविद्यालय, विभाग र अध्ययनका सन्दर्भमा विभिन्न पक्षका उदाहरणसहित प्रष्ट पारे ।
यो विषयको अध्ययनले नेपालको अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धलाई थप बलियो बनाउन सक्दछ भन्ने धारणा उनले राखेका थिए । विभागीय प्रमुख अपेक्षा शाहले विभागका सन्दर्भमा विद्यार्थीहरूलाई आवश्यक पर्ने जानकारी प्रदान गर्दै डा.पौडेललाई स्वागत गरेकी थिइन् ।
पौडेलले विद्यार्थीहरूलाई आवश्यक ज्ञान आर्जन गर्न सक्ने अधिकतम राम्रो वातावरणका लागि क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij