२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ५०.४५ प्रतिशत बढेको छ।
कम्पनीले ४६ करोड ५० लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३० करोड ९१ लाख रुपैयाँ रहेको थियो। कम्पनीले विद्युत बिक्रीबाट ९२ करोड २७ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको छ भने जुन अघिल्लो आर्थिक वर्षको साही अवधिको तुलनामा ६.०५ प्रतिशत बढी रहेको छ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी १७.८७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४५ रुपैयाँ ८७ पैसा रहेको छ।
यस अवधिमा कम्पनीले बीमा दाबी भुक्तानी अन्तरगत ८ करोड ५६ लाख रुपैयाँ प्राप्त गरेको छ । कम्पनीको ब्याज खर्च २० करोड ७८ लाखबाट घटेर १८ करोड १७ लाख कायम भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij