Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

माओवादीको मध्यपहाडी लोकमार्ग दोस्रो चरण अभियानको खाका तयार : यस्तो छ कार्यतालिका

माओवादीको मध्यपहाडी लोकमार्ग दोस्रो चरण अभियानको खाका तयार : यस्तो छ कार्यतालिका


  • 1.8K
    Shares

    माओवादीको मध्यपहाडी लोकमार्ग दोस्रो चरण अभियानको खाका तयार : यस्तो छ कार्यतालिका
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अन्तर्गत दोस्रो चरणको अभियानको खाका तयार पारेको छ ।  ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ जेठ महिनाभित्र सम्पन्न हुने गरी खाका तयार भएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

    उपाध्यायका अनुसार अभियान जेठ २ गते सुदूरपश्चिमको बैतडी जिल्लाको पाटनमा अभियान उद्घाटन हुनेछ ।कार्यक्रमको स्वरूप– मध्यपहाडी लोक मार्गमा पर्ने स्थानहरूमा पार्टीको प्रत्येक प्रदेश समितिले १–१ स्थानमा जनसभाको आयोजना गर्ने र प्रत्येक जिल्ला समन्वय समितिले ११ स्थानमा जनसंवादको कार्यक्रम आयोजना गर्ने ।

    कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको जनसभाहरूलाई अभियानकै कार्यक्रमको रूपमा समावेश गर्ने उनले बताए ।बाँकी जिल्लाहरूमा अनुकूल समयमा जनसभाहरू आयोजना गर्नेछ । वैशाख २१ गते बसेको माओवादी पदाधिकारी बैठकले जेठ २ गतेबाट दोस्रो चरणको अभियान सञ्चालन जेठ २ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो ।

    महासचिव देव गुरुङको संयोजकत्वमा उपमहासचिवहरू गिरिराजमणि पौडेल र वर्षमान पुन रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले सम्बन्धित प्रदेशका पदाधिकारीसँग समन्वय गरी अभियानको खाका बनाएको हो ।

    लोकमार्गमा पर्ने प्रत्येक जिल्लाले जनदिशा लागु गरी १–१ दिन सबै जिल्लामा बसोबासको व्यवस्था मिलाएको उपाध्यायले जानकारी दिए । 

    यस्तो छ समय तालिका 

    २०८२ जेठ १ गते बेलुका डडेलधुरा

    २०८२ जेठ २ गते बैतडीको पाटनमा जनसभा र डोटी दिपायल जनसम्वाद

    २०८२ जेठ ३ गते, अछाम मङ्गलसेन जनसंवाद

    २०८२ जेठ ४ गते, दैलेख सदरमुकाम जनसभा

    २०८२ जेठ ५ गते, जाजरकोट खलङ्गा जनसंवाद 

    २०८२ जेठ ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद

    २०८२ जेठ ७ गते, पूर्वी रुकुमको रुकुमकोट जनसंवाद  र रोल्पाको थबाङमा जनसभा

    २०८२ जेठ ८ गते बागलुङ जनसंवाद 

    २०८२ जेठ ९ गते पर्वत कुस्मा जनसंवाद

    २०८२ जेठ १० गते कास्की (पोखरा) जनसभा

    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - १०:२१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij