Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

पाइपलाइनमा रहेका यी १२ कम्पनी आईपीओ रोकियो (सूचीसहित)

पाइपलाइनमा रहेका यी १२ कम्पनी आईपीओ रोकियो (सूचीसहित)


  • 5.3K
    Shares

    पाइपलाइनमा रहेका यी १२ कम्पनी आईपीओ रोकियो (सूचीसहित)
    images

    काठमाडौँ । सार्वजनिक लेखा समितिको निर्देशनका कारण नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका १२ कम्पनी आईपीओ रोकिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार नेटवर्थ ९० रुपैयाँ भन्दा कम भएको कारणले यी कम्पनीको आईपीओ रोकिएको हो ।

    यसरी रोकिएका आईपीओमध्ये हाइड्रोपावरतर्फ सातवटा र होटल तथा पर्यटन क्षेत्रसम्वद्ध पाँचवटा कम्पनी रहेका छन् । हाइड्रो पावरतर्फ रिचर्ड जलविद्युत् कम्पनी, बेनी हाइड्रोपावर प्रोजेक्ट, टक्सार पिखुवा खोला हाइड्रोपावर, लाफिङ बुद्ध पावर लिमिटेड, सानिगढ हाइड्रोपावर, युनिक हाइडल कम्पनी, पूवा खोला–एक हाइड्रोपावर रहेका छन् । 

    त्यस्तै, होटल तथा पर्यटन क्षेत्रका कम्पनीमध्ये आईपीओ रोकिएका कम्पनीमा एपेम्स हस्पिटालिटी, अर्किट होल्डिङ्स, अन्नपूर्णा केबुलकार, अकामा होटल र ठमेल प्लाजा होटल एण्ड स्वीट रहेका छन् । 

    अहिले सेबोनमा ८९ वटा आईपीओ पाइपलाइनमा छन् । २३ महिनाअघिदेखि पाइपलाइनमा रहेका कम्पनीहरु विभिन्न कारणले आईपीओ रोकिँदै आएका छन् । बाँकी कम्पनी भने बोर्डकै कारण रोकिएको देखिएको छ । 

    अहिले बोर्डले आईपीओ निष्कासन रोकिनुमा संसदीय समितिको निर्देशनलाई देखाउँदै आएको भए पनि वास्तवमा अवस्था भिन्न रहेको देखिएको हो । आईपीओ रोकिएको र स्वीकृत गराउन घुस माग्ने गरेको आरोपपछि यतिबेला नेपाल धितोपत्र बोर्डमा अख्तियारले छापा मारेको छ ।

    प्रकाशित मिति :बैशाख २५ २०८२ बिहिवार - १८:३९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij