२०८२ मंसिर १२ गते शुक्रवार
काडमाडौं । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनिले ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ८ लाख २८ हजार रुपैयाँ घाटामा थियो।
कम्पनीको विद्युत बिक्री आम्दानी ५९ करोड ७६ लाख रुपैयाँबाट बढेर ६५ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने वित्तीय खर्च ४२ करोड ३२ लाख रुपैयाँबाट घटेर ३२ करोड १८ लाखमा झरेको छ।
कम्पनीको १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ्स भने अझै ३७ करोड ६६ लाख रुपैयाँ ऋणात्मक छ। प्रतिसेयर आम्दानी ४.२७ रुपैयाँ र नेटवर्थ प्रति सेयर ७७.४१ रुपैयाँ कायम रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij