Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

एमाले - कांग्रेस गठबन्धनमा समस्या छैन गभर्नर नियुक्ति ओलीले गर्दा ढिला भएको होइन : देउवा

एमाले - कांग्रेस गठबन्धनमा समस्या छैन गभर्नर नियुक्ति ओलीले गर्दा ढिला भएको होइन : देउवा


  • 2.1K
    Shares

    एमाले - कांग्रेस गठबन्धनमा समस्या छैन गभर्नर नियुक्ति ओलीले गर्दा ढिला भएको होइन  : देउवा
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमाले मिलेर बनेको सत्ता गठबन्धनमा समस्या नभएको बताएका छन् । सत्ता गठबन्धनबारे अनेकन टीकाटिप्पणी भइरहेका बेलामा कांग्रेस सभापति देउवाको यस्तो भनाइ बाहिर आएको हो ।

    पार्टीको आर्थिक नीति तथा योजना विभागले पार्टी कार्यालय सानेपामा गरेको ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नु पर्ने नीति’ विषयक संवाद गोष्ठीमा सभापति देउवाले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका हुन् ।

    ‘वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या छैन,’ देउवाले भने । राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको विषयमा सत्ताको नेतृत्वकर्ता नेकपा एमाले र काङ्ग्रेसबिच मतैक्यता नभएको चर्चा भइरहेको बेलामा देउवाले भने राष्ट्र बैङ्कभित्रकै समस्याले गभर्नर नियुक्तिमा ढिलाइ भएको बताए । 

    उनले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो कारणले गभर्नर नियुक्तिमा ढिलाइ नभएको दाबी गरे । ‘ओलीजीका कारणले गभर्नर नियुक्त हुन ढिलो भएको होइन,’ देउवाले भने ।

    प्रकाशित मिति :बैशाख २३ २०८२ मंगलवार - १६:४३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij