Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

राजनीति

एमाले धनुषा अधिवेशनमा विवाद हुँदा दुई गुटबीच कुटाकुट, कुर्सीसमेत तोडफोड

एमाले धनुषा अधिवेशनमा विवाद हुँदा दुई गुटबीच कुटाकुट, कुर्सीसमेत तोडफोड


  • 1.7K
    Shares

    एमाले धनुषा अधिवेशनमा विवाद हुँदा दुई गुटबीच कुटाकुट, कुर्सीसमेत तोडफोड

    काठमाडौं । नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा विवाद भएको छ ।

    अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको छ । निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका हुन् ।

    गत वैशाख २० देखि जनकपुरमा जारी छ । सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । भोला यादव र लक्ष्मी नारायण यादवले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

    सोमबार राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको एक नेताले बताए ।

    उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव तथा सचिवमा दिप नारायण ठाकुर (दिपन) र धिरेन्द्र कुमार मण्डलको उम्मेदवारी परेको छ ।

    उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव तथा उपसचिव महिलातर्फ किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङले उम्मेदवार बनेकी छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ ।

    dhanusha-uml-lafada-१.jpg

    आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोके पनि तयारी नपुग्दा बिहान १० बजेको लागि तय गरेको थियो । तर, उम्मेदवारको अन्तिम मतदानमावलीका विषयमा विवाद भएपछि मतदान सुरु हुन सकेको छैन ।

    भोला यादव पक्षले मतदान सुरु गर्न माग गरिरहेका  छन् भने लक्ष्मीनारायण यादव पक्ष धर्नामा छन् । निर्वाचनमा ६३५ जनाले मतदान गर्नेछन् ।

    प्रकाशित मिति :बैशाख २३ २०८२ मंगलवार - १०:४८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij