Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नयाँदिल्लीमा थप एक हप्ता बढाइयो लकडाउन अवधि

नयाँदिल्लीमा थप एक हप्ता बढाइयो लकडाउन अवधि


  • 6.1K
    Shares

    नयाँदिल्लीमा थप एक हप्ता बढाइयो लकडाउन अवधि

    नयाँदिल्ली । भारतको नयाँदिल्लीमा लगाइएको लकडाउन थप एक साताका लागि बढाइएको छ ।

    कोरोनाभाइरस संक्रमित बढ्ने क्रम नरोकिएपछि आइतबार दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले एक हप्ताका लागि लकडाउन बढाउने घोषणा गरेका हुन् ।

    “सहरमा अझै कोरोनाको विनाश जारी छ,” मुख्यमन्त्री केजरीवालले भने, “जनता लकडाउन बढाउनुपर्ने पक्षमा छन् । त्यसैले एक साताको लागि लकडाउनको समय बढाइएको छ ।”

    दिल्लीमा कोरोना संक्रमणको दर करिब ३७ प्रतिशत पुगेको छ । केही स्थानमा अक्सिजन आपूर्ति गर्न नसकिएको स्वीकार गर्दै केजरीवालले केही दिनभित्रै अवस्था नियन्त्रणमा आउने दाबी गरे ।

    दिल्लीमा दैनिक ७०० टन अक्सिजन आवश्यक पर्ने भए पनि अधिकतम ३३५ टन मात्र उपलब्ध भएको बताइएको छ । गत साताको सोमबार एक हप्ताका लागि गरिएको लकडाउन कोरोना संक्रमण नियन्त्रणमा नआएपछि पुनः एक साता थप गरिएको हो । एजेन्सी

    प्रकाशित मिति :बैशाख १२ २०७८ आइतवार - १३:४०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij