Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल सुपर लिग : आज दुई खेल हुँदै

नेपाल सुपर लिग : आज दुई खेल हुँदै


  • 10.0K
    Shares

    नेपाल सुपर लिग : आज दुई खेल हुँदै

    काठमाडौँ । नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल)मा आज दुईवटा खेल हुँदैछ । पहिलो खेलमा धनगढी र विराटनगर तथा दोस्रो खेलमा पोखरा र बुटवल भिड्दैछन् । 

    दशरथ रंगशालामा हुने पहिलो खेलमा विराटनगर एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।

    विराटनगर रञ्जित धिमालको कप्तानीमा मैदान उत्रनेछ भने किरण चेम्जोङको कप्तानीमा धनगढी मैदानमा हुनेछ । दुवै टोली सुखद सुरुवातको लक्ष्यमा हुनेछन् ।

    यस्तै, आजै हुने दोस्रो खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । अनिल गुरुङको कप्तानीमा मैदान उत्रने पोखरा र विशाल श्रेष्ठको कप्तानी रहेको लुम्बिनीबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

    प्रतियोगितामा काठमाडौं रेजर्सले विजयी सुरुवात गरिसकेको छ । हिजो भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो ।

    प्रकाशित मिति :बैशाख १२ २०७८ आइतवार - १३:३४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij