२०८२ भाद्र २ गते सोमवार
तनहुँ । एभरेष्ट बैंक लिमिटेडले तनहुँको दमौलीमा शाखा सञ्चालनमा ल्याएको छ । यो बैंकको १०३औं शाखा हो ।
उक्त शाखाको शुक्रबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र एभरेष्ट बैंकको गण्डकी प्रदेश प्रमुख राजु गौलीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, व्यास नगरपालिका-२ का वडाध्यक्ष काशीराम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
बैंकले हालसम्म १०३ शाखा, प्रादेशिक कार्यालय, १३५ एटीएमसहित नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट तथा एमएमएस बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij