Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

कक्षा १२ काे परीक्षा

१२ को प्रश्नपत्र बाहिरिएको होइन, भ्रामक सूचनाको पछि नलाग्नू : राष्ट्रिय परीक्षा बोर्ड

१२ को प्रश्नपत्र बाहिरिएको होइन, भ्रामक सूचनाको पछि नलाग्नू : राष्ट्रिय परीक्षा बोर्ड


  • 1.1K
    Shares

    १२ को प्रश्नपत्र बाहिरिएको होइन, भ्रामक सूचनाको पछि नलाग्नू : राष्ट्रिय परीक्षा बोर्ड
    images

    काठमाडौं । आइतबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा पहिलो दिनै प्रश्नपत्र बाहिरिएको हल्ला चलेपछि राष्ट्रिय परीक्षा बोर्डले त्यसको खण्डन गरेको छ । 

    बोर्डले एक प्रेस विज्ञप्ति जारी गर्दै आज सञ्चालित अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु हुन अगावै निश्चित विद्यालयका विद्यार्थीहरूले प्राप्त गरेको भनी सामाजिक सञ्जालमा राखिएको सूचना भ्रामक र गलत भएको जनाएको छ ।

    साथै परीक्षाजस्तो संवेदनशील विषयमा सामाजिक सञ्जालमा पुराना र प्रयोग भइसकेका प्रश्नपत्र राखी भ्रम सिर्जना गर्नेमाथि कानुनी कारबाही गर्न बोर्डले सम्बन्धित निकायमा सूचनासमेत पठाएको जनाएको छ । 

    सामाजिक सञ्जालमा सम्प्रेषण भएका यस प्रकारका गलत सूचनामा विश्वास नगर्न र आगामी दिनमा पनि यस्ता भ्रामक सूचनाको विश्वास नगरी आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिन पनि बोर्डले अनुरोध गरेको छ । साथै विषयवस्तुको आधिकारिता पुष्टि नगरी यस्ता विषयहरू सामाजिक सञ्जालमा नराख्नसमेत भनिएको छ । 

    आइतबार बिहान भक्तपुर सूर्यविनायक नगरपालिकास्थित केही परीक्षाकेन्द्रमा प्रश्नपत्र बाहिरिएको हल्ला चलेपछि बोर्डले यसबारे प्रेस विज्ञप्ति निकालेर खण्डन गरेको हो ।

    notice_FBuJFPowIb.jpg

    प्रकाशित मिति :बैशाख २१ २०८२ आइतवार - १४:४६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij