Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा सुधार, कति छ चुक्ता पुँजी ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा सुधार, कति छ चुक्ता पुँजी ?


  • 988
    Shares

    आइएमई लाइफ इन्स्योरेन्सको नाफामा सुधार,  कति छ चुक्ता पुँजी ?

    काठमाडौं ।  आइएमई लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको छ ।  कम्पनीले ९ महिनामा साढे ३६ करोड बढी खुद नाफा कमाएको छ ।

    कम्पनीको नाफा १०.४९ प्रतिशत वृद्धि भई ३६ करोड ६३ लाख ३३ हजार रुपैयाँ कायम भएको छ । गत  आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले। ३३ करोड १५ लाख ६० हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

    लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २.७४ प्रतिशत वृद्धि भई ९८ करोड ७७ लाख ७७ हजार रुपैयाँ कायम भएको छ ।कम्पनीको बीमा शुल्क १५.६५ प्रतिशत वृद्धि भई ३ अर्ब ६० करोड ३३ लाख रुपैयाँ कायम भएको छ भने कम्पनीको कमिसन आम्दानी ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।

    कम्पनीको कुल आम्दानी ४ अर्ब ८२ करोड ९४ लाख ९९ हजार रुपैयाँ रहेको  छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको कुल आम्दानी ४ अर्ब १२ करोड २७ लाख ३९ हजार रुपैयाँ र कुल खर्च ३ अर्ब ७९ करोड ११ लाख ७९ हजार रुपैयाँ थियो ।

    हाल कम्पनीको प्रतिसेयर आम्दानी ९.७७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३२.६७ रुपैयाँ  रहेको छ । कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ छ भने कम्पनीको रिटेन्ड अर्निङमा ४२ करोड ५६ लाख र सेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ छ । 

    प्रकाशित मिति :बैशाख २१ २०८२ आइतवार - १०:४०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij