Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

प्रचण्डले बोलाए पदाधिकारी बैठक

प्रचण्डले बोलाए पदाधिकारी बैठक


  • 1.6K
    Shares

    प्रचण्डले बोलाए पदाधिकारी बैठक
    images

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । आज दिउँसो १ बजे उनको निवास खुमलटारमा बस्ने उपमहासचिव मात्रिका यादवले जानकारी दिए । 

    ‘हुलाकी मार्ग केन्द्रित अभियानको समीक्षा, हिमाली र पहाडी मार्गमा हुने अभियानबारे छलफल गर्न बैठक बोलाइएको छ । यी बाहेक समसामयिक राजनीतिबारे पनि छलफल हुन्छ’, उनले भने । बैठकमा सम्पन्न भएको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियानको समीक्षा, समसामयिक राजनीतिका साथै हिमाली र पहाडी मार्ग केन्द्रित अभियान सञ्चालनबारे छलफल हुने यादवले बताए ।

    पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठकले फागुनदेखि असारसम्म हुलाकी मार्ग, पुष्पलाल लोकमार्गका साथै हिमाली जिल्लामा केन्द्रित रहेर ‘जनतासँग माओवादी’ जागरण अभियान चलाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार फागुन १२ गतेदेखि सुरु भएको तराई मधेस जागरण अभियान वैशाख १७ गते सम्पन्न भइसको छ ।

    एक करोड जनतासँग प्रत्यक्ष तथा परोक्ष संवाद भएको दाबी गरेको माओवादीले अभियान पूर्णरुपमा सफल भएको जिकिर गरेको छ ।

    प्रकाशित मिति :बैशाख २१ २०८२ आइतवार - १०:१७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij