Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

कांग्रेस बैठकमा प्रश्न- नियुक्ति किन एमालेकरण भयो ?

कांग्रेस बैठकमा प्रश्न- नियुक्ति किन एमालेकरण भयो ?


  • 2.4K
    Shares

    कांग्रेस बैठकमा प्रश्न- नियुक्ति किन एमालेकरण भयो ?
    images

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूले पछिल्लो समय सरकारी नियुक्तिमा एमालेले एकलौटी गरेको भन्दै आपत्ति जनाएका छन् ।

    शनिबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा सांसदहरूले नियुक्तिबारे प्रश्न उठाएका हुन् ।

    बैठकमा सहभागी एक सांसदका अनुसार, सरकारको फाइदा, बेफाइदा र आलोचना लगायतका विषयमा कांग्रेस जिम्मेवार हुनुपर्ने भएपछि नियुक्तिमा पनि सोही अनुसार हुनुपर्ने तर्क सांसदहरूले गरेका थिए ।

    साथै, बैठकमा सहभागी एक सांसदले त ‘नियुक्तिमा एमालेकरण’ भएको भन्दै आपत्ति जनाए । ‘सरकारको फाइदा बेफाइदा दुवै लिनुपर्ने भएपनि सत्ता साझेदार दलले नियुक्ति किन एमालेकरण भयो ?,’ ती सांसदले बोल्ने क्रममा भनेका छन्, ‘कांग्रेस बलियोसँग लाग्नुपर्‍यो । तुरुन्तै मन्त्रीसहितका बैठक राखेर छलफल पनि गर्नुपर्‍यो ।’

    हिजोमात्रै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि अधिकांश सांसदहरूले प्रश्न गरेका थिए । आगामी आर्थिक वर्षको बजेटका विषयमा पनि उनीहरूले विभेद हुन नहुने बताएका थिए ।

    ‘कार्यक्रम र योजना सांसदको योजना कहिँ न कहिँ सम्बोधन हुनेगरी लाग्नुपर्छ,’ बैठकमा एक सांसदले भनेका छन् ।

    प्रकाशित मिति :बैशाख २० २०८२ शनिवार - २०:३२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij