Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजनीति

सांसदहरूलाई ओलीले भने : नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस्

सांसदहरूलाई ओलीले भने : नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस्


  • 1.6K
    Shares

    सांसदहरूलाई ओलीले भने : नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस्
    images

    काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले लिएका सबै नीतिहरू सही भएको भन्दै सांसदहरूलाई ढुक्क हुन आग्रह गरेका छन् ।

    सरकारी निवास बालुवाटारमा शनिबार आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

    ‘माननीय सदस्यहरूका लागि के आग्रह गर्न चाहन्छु भने हाम्रा नीतिहरू सही छन् । ढुक्कले सहि छन् भन्ने कुरामा अगाडि बढ्नु भए हुन्छ,’ ओलीले भने, ‘विपक्षी भएपछि जे भए पनि विरोध गर्नुपर्छ लाग्या छ । कुनै एउटा बुँदाको पनि समर्थन गर्ने छैन ।’

    साथै, उनले विपक्षीले भनेको कुरामा सत्यता छ कि भनेर धेरै घोत्लिन पनि आवश्यक नरहेको पनि बताए ।

    ‘सही कुराको विरोध गर्न उहाँहरू बाध्य हुनुहुन्छ । जुन उहाँहरूका निम्ति भविष्यमा नराम्रा रेकर्डको रुपमा रहनेछन् । हाम्रो पुस्ताभन्दा बढी बेलामा सम्म पनि त्यो रेकर्ड रहनेछ,’ ओलीले भनेका छन् ।

    सरकारले हिजो मात्रै ल्याएको नीति तथा कार्यक्रमको छलफलमा अध्ययन राम्रो बनाएर प्रस्तुत हुन ओलीले सांसदहरूलाई निर्देशन दिए । ‘माननीयजीहरूले बोल्दा कुनै चिप्लिने खालको कुरा नहोस्, स्ट्रङ, स्पष्ट होस्,’ ओलीले भनेका छन् ।

    प्रकाशित मिति :बैशाख २० २०८२ शनिवार - १६:२६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij