Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ईभी सवारी कर्जामा राष्ट्र बैंकको नयाँ व्यवस्था, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर

ईभी सवारी कर्जामा राष्ट्र बैंकको नयाँ व्यवस्था, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर


  • 1.6K
    Shares

    ईभी सवारी कर्जामा राष्ट्र बैंकको नयाँ व्यवस्था, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर

    काठमाडौं ।  विद्युतीय सवारी साधन (ईभी) किन्न अब हायर पर्चेज कर्जा दिने कम्पनीहरु पनि थप कडाइको दायरामा आएका छन्। कम्पनीहरुले सबै प्रयोजनका इभि र निजी प्रयोजन अन्य सवारीमा ऋण मूल्यको अनुपात रेसियो अधिकतम ६० प्रतिशतसम्म कायम गर्नुपर्ने भएको हो ।

    नेपाल राष्ट्र बैंकले हालै जारी गरेको ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७०’ को पाँचौं संशोधनमार्फत यस्तो व्यवस्था गरेको छ । अब सवारी साधन खरिदको लागि अधिकतम ६० प्रतिशत मात्र कर्जा लगानी गर्न पाउने भएको छ ।

    राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा गर्दै गत फागुन १९ गतेदेखि बैंक तथा वित्तीय संस्था मार्फत हायर पर्चेज कर्जा लिँदा समेत ६० प्रतिशत मात्रै कर्जा पाइने व्यवस्था गरेको थियो । 

    संशोधित व्यवस्था अनुसार कम्पनीहरुले सवारी कर्जा प्रवाह गर्दा सवारी साधनको मूल्यको ६० प्रतिशतभन्दा बढी ऋण प्रवाह गर्न पाउने छैनन् भने ८० प्रतिशतसम्म ऋण दिन मिल्ने व्यवस्था यथावत् राखिएको छ ।

    बैंक तथा वित्तीय संस्थाले मात्रै कडाइ अपनाएका थिए भने हायर पर्चेज कम्पनीहरुले भने आफ्ना छुट्टै संरचनामार्फत ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्दै आएका थिए । 

    कम्पनीको लाइसेन्स प्राप्त गर्न अब न्यूनतम ३० करोड रुपैयाँ चुक्ता पुँजी आवश्यक पर्ने भएको छ ।

    प्रकाशित मिति :बैशाख १६ २०८२ मंगलवार - १३:४४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij